Lite Nepal

आइतबार, माघ १३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन् ।

आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ,’ उनले भने ।

संविधानले सूचनाको हक ग्यारेन्टी गरे पनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने उनको भनाई थियो । आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुसुक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्ने उनले बताए ।

सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रुपमा काम गर्नेहरूले डराउनु नपर्ने बताए । भने, ‘यदि तपाईं हामीले पारदर्शी ढंगले काम ग¥यौ भने सूचना लिने पनि र दिने पनि डराउनु पर्दैन ।’

उनले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिए । गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताउँदै उनले भने,– ‘कर्मचारीहरुले पनि सबै सूचना अपडेट गर्नुपर्छ ।’

सूचना दिन पन्छिने भन्दा पनि पुराना सूचनाहरूलाई अपडेट गर्दै जाँदा झन्झट नहुने उनले बताए । त्यसैगरी आयुक्त गगन बिष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै सूचनाका विविध आयामका बारेमा प्रकाश पारेका थिए ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताए । उनले अहिलेको प्रमुख समस्या सूचना अभिलेखीकरण भएको बताए ।

कार्यक्रममा आयोगका सचिव कमल भट्टराईलगायतले धारणा राख्नु राखेका थिए , राष्ट्रिय सूचना आयोगले प्रदेशमा रहेका कार्यालय प्रमुख, सूचना अधिकारीहरुसँग आज छलफल कार्यक्रम गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं