Lite Nepal

सोमबार, माघ १४, २०८१

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् ।

विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् ।

‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

तर आफ्नो राजनीतिक सक्रियताबारे भने निर्णय गर्न बाँकी रहको उनले बताइन् । ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

यद्यपि राष्ट्रिय राजनीतिमा आफू सक्रिय रहेको बताइन् । ‘राष्ट्रिय राजनीति नै गरेर यो तहसम्म जिम्मेवारी पूरा गरेको अवस्था हो’ भण्डारीले भनिन्, ‘नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो भइहाल्छ नि ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं