सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार बनाऔं : कांग्रेस

ताप्लेजुङ केबलकार निर्माणको विषयमा कांग्रेसको धारणा

Lite Nepal

बिहिबार, माघ १७, २०८१

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा निर्माण सुरु भएको केबलकार र जिल्लामा सञ्चालित जलविद्युत परियोजनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सदरमुकाम फुङलिङमा विहीबार पत्रकार सम्मेलन गर्दै कांग्रस ताप्लेजुङले पाथीभराको सौन्दर्य, प्रकृति र शक्तिको क्षयिकरण नहुनेगरी केबलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले केबलकारको विरोध गरिरहेकाहरूसँग वार्ता गरेर दिगो रूपमा केबलकार निर्माण र सञ्चालन गर्नुपर्ने बताए । ‘आन्दोलनको प्रस्थान विन्दु सरकारले पत्ता लगाएर समस्याको समाधान खोज्दै विकासका पूर्वाधार अघि बढाउनुपर्छ,’ उनले भने ।

कांग्रेसले आन्दोलनमा रहेका आन्दोलनकारीलाई वार्ताको टेबलमा आएर संबाद र सहमतिका माध्यमबाट अघि बढ्न पनि आग्रह गरेको छ । अनिश्चितकालीन बन्द हड्तालले जनजीवन अस्तव्यस्त भएको बताउँदै उचित समयमा उचित निर्णय गरी बन्द हड्ताल फिर्ता लिन आन्दोलनरत पक्षलाई कांग्रेसले आग्रह पनि गरेको छ ।

सभापति तुम्याहाङ र सचिवद्वय युकहाङवीर (डम्बर हाङगाम) तथा सञ्जयबाबु (गणेश) निरौला तीनजना द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरेको कांग्रेसले निजी क्षेत्रको लगानी प्रोत्साहन तथा जिम्मेवारी सम्बन्धी धारणा समेत प्रस्तुत गरिएको छ ।

१० बुँदे अवधारणामा जलविद्युत आयोजना निर्माण, समस्या र पाथीभरा केबलकारको विषय समेटिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं