Lite Nepal

शुक्रबार, माघ १८, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्दै भट्टराईले अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् भन्ने कुरा सबैलाई थाहा भएको बताए ।

उनले भने, ‘..त्यो हामी सबैलाई थाहा छ । संविधान बनाउने शक्ति सबै यही छौँ । नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको मात्र होइन । ’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ७९ को निर्वाचनपछि ३ पटक अध्यादेश ल्याएको बताए ।

उनले भने– ‘झन्डै १४ वटा कानुन संशोधन गर्नुभयो । मिटर ब्याज, लगानी सम्मेलनलगायतमा अध्यादेश आयो’, उनले अध्यादेशका कन्टेन्टमा प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरे । उनले २०७८ को अध्यादेशको स्मरण गर्दै अध्यादेशको बाढी आएको र पार्टीहरू फुटाएको भन्दै अध्यादेशबाट जन्मिएको पार्टीले अहिले अध्यादेश गलत भनिरहेको भन्दै अचम्म लागेको बताए ।

बरु उनले अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको भट्टराईको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं