Lite Nepal

सोमबार, माघ २१, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण सुरु गरिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सरकार र आन्दोलनरत पक्ष बिच वार्ता सुरु भएको छ ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ ।

काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेको र प्रारम्भिक छलफल भइरहेको सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको थियो । उक्त समितिमा प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेका छन् ।

पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै

पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं