Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बाेधन गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । कोशी प्रदेशसभा सचिवालयका कार्यवहाक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिपक्षी प्रधानमन्त्रीको सम्बोधनका विषयमा औपचारिक जानकारी नभएका कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएको छ । प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको बताएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं