Lite Nepal

मंगलबार, चैत्र ०५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ कदमा गाउँमा भएको भीषण आगलागीमा परी दुई बालबालिकाको निधन भएको छ ।

मृतक बालबालिकाको परिचय खुलेको छैन । आगलागीका कारण हाल सम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो भन्ने पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिक नजिक रहेका सबै घर जलेकाले अब ८ घर भन्दा बढी घर जल्ने सम्भावना नरहेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

२ बालबालिका बाहेक अन्य मानवीय क्षतिको विवरण यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं