Lite Nepal

आइतबार, पुष २०, २०८२

काठमाडौं । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।

श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले निष्कर्ष निकालेको थियो ।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।

यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा सबैजनासँग जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा