विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन्।
विराटनगरमा आज सम्पन्न नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिको उपाध्यक्षमा शरण कुमार यक्सो र दुर्गाप्रसाद तुम्रोक चयन भएका छन्। सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन्।
यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन तथा सह कोषाध्यक्षमा धर्मा देबि सेवाङ्ग रहेका छन्।
सदस्यहरूमा भलि सुब्बा, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाङफे, मङ्गल चेम्जुङ, तीर्थ लिम्बु लगायत चयन भएका छन्।
अधिवेशनले किराँत याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।
