विराटनगर। QIP (Quick Impact Project) अन्तर्गत गजुरी–१ स्थित मूल पधेरोमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकीको शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको शिलान्यास मंगलबार प्रमुख अतिथि उपरथी विष्णु कुमार खड्काले गरेका हुन्।
शिलान्यास कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, तारानाथ भण्डारी, गोबिन्द लामिछाने, पूर्व अध्यक्ष हरि डल्लाकोटी र भैरव गण गजुरीका प्रमुख सेनानी प असिम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यार्थी, स्थानीय समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिती रह्यो।
स्थानीय बासिन्दाले ट्यांकी निर्माणपछि क्षेत्रभरका घरधुरीले सुरक्षित खानेपानी पाउनेमा खुशी व्यक्त गरे। बिहान, दिउँसो र बेलुका पानीका लागि लामो लाइन बस्ने समस्याको अन्त्य हुने अपेक्षा गरिएको उनीहरूको भनाइ छ।
