Lite Nepal

सोमबार, माघ २६, २०८२

विराटनगर । विराटनगर–१५ मा अवस्थित किरातेश्वर माङखिम (माङहिम) को वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

 

वार्षिकोत्सवका अवसरमा किरात धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पूजा–अर्चना, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा स्थानीय श्रद्धालु, समाजसेवी तथा किरात समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले किरात सभ्यता, मुन्धुम र सांस्कृतिक पहिचान जगेर्ना गर्न माङखिमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भावी पुस्तालाई संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा