Lite Nepal

आइतबार, फाल्गुण २४, २०८२

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित ध्रुव राईलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले श्रम संस्कृति पार्टीबाट विजयी ध्रुव राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
राईले आफू, अजम्बर र ध्रुव जस्ता कार्यकर्ताले विगतमा एमाले निर्माणका लागि लामो समय संघर्ष गरेको स्मरण गर्दै अहिले आएर शेरधन राई तथा एमालेविरुद्ध चुनाव लड्नुपर्ने अवस्था आउनु दु:खद रहेको उल्लेख गरेका छन्।
उनले एमालेका लागि धेरैले पसिना मात्र नभई रगतसमेत बगाएको भन्दै वर्तमान अवस्था पार्टी नेतृत्वका कारण आएको संकेत गरेका छन्।
पूर्वमुख्यमन्त्री राईले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम उल्लेख गर्दै यस्तो अवस्थामा पुग्नु नेतृत्वका लागि पनि आत्मसमिक्षाको विषय भएको बताएका छन्। “यो बुढेसकालमा यस्तो शर्मनाक पराजय भोग्नु परेकोमा खुसी लाग्दैन,” उनले भनेका छन्।
उनले विगतका गल्तीबाट पाठ सिकेर भविष्यमा कम्युनिस्ट आन्दोलनलाई आदर्श र मूल्य–मान्यतामा आधारित बनाउँदै अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
साथै विश्व शान्ति, वातावरण संरक्षण र सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्।
सन्देशको अन्त्यमा उनले प्रतिनिधिसभा सदस्यमा अभूतपूर्व विजय हासिल गरेका ध्रुव राईलाई पुनः बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा