Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौँ । पोल्याण्डको राजधानी वार्सोमा एआईका कारण रोजगारी गुम्ने जोखिम बढेको भन्दै करिब ३० वटा रोबोटले बलियो एआई नियमन कानुनको माग गर्दै प्रदर्शन गरेका छन्।

डेमोक्रेसी अभियानको आयोजनामा भएको प्रदर्शनमा ह्युमानोइड तथा चार खुट्टे रोबोटहरूले झन्डा हल्लाउँदै र नारा लगाउँदै डिजिटल प्रविधि मन्त्रालयअगाडि मार्च गरेका थिए।

अभियानका आयोजक ग्रेगोर्ज कुलिसले एआई र रोबोटले मानिसलाई रोजगारीबाट विस्थापित गर्न सक्ने भन्दै तत्काल नियमन आवश्यक रहेको बताए।

प्रदर्शन अवलोकन गरेका पोल्याण्डका डिजिटल मामिला मन्त्री क्रिज्सटोफ गाभ्कोभस्कीले पनि अनियन्त्रित एआई र बढ्दो रोबोटाइजेसन ठूलो समस्या बन्न सक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं