काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्।
इरानसँगको युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार पटक–पटक आक्रमण भएको जनाएको छ।

पाइपलाइनको सुरक्षा तथा क्षतिको यकिन गर्न मन्त्रालयका टोलीहरू परिचालन गरिएको छ। हालसम्म कुनै पनि देश वा समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।