विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकबाट प्रहरीले भन्सार छली भारतबाट ल्याइएको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
शुक्रबार राति कोशी प्रदेश प्रहरी कार्यालय पिट विराटनगर र प्रहरी चौकी रामगञ्ज बेलगछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला पारेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले टेम्पो चालक विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएको छ ।
बरामद सामान र टेम्पोसहित खड्कालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखिएको प्रहरीले जनाएको छ ।