काठमाडौं । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग बयान लिएको छ।
मंगलबार खड्कालाई आयोगमा बोलाएर बयान लिइएको हो । आयोगमा बयान दिएर खड्का केहीबेरअघि फर्किएका छन्।

खड्काले पक्राउ परेका पूर्वप्रधानन्यायाधीश राणालाई भेट्न गएका टोलीलाई भेट्न दिएका थिएनन् । भेट्न नदिएपछि आयोगको टोली यत्तिकै फर्किएको थियो ।
बयानमा खड्काले आफूले आदेशको पालना मात्रै गरेको बयान दिएको बताइएको छ ।