Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाइएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ ।

गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

साथै, सो उद्योगका अन्य उत्पादनको बिक्री–वितरणसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री–वितरकलाई चियामा कुनै पनि प्रकारको कृत्रिम रङ वा अन्य अखाद्य वस्तु मिसावट नगर्न र नगराउन निर्देशन दिएको छ ।

सूचनाको अटेर गरी चियामा मिसावट गरेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को कानुनी व्यवस्थाबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं