Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

झापा । झापामा ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको किशनगन्जका अब्दुल माजिद र रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले माजिदको साथबाट भारतीय ५०० दरका ७० थान नोट बरामद गरेको थियो । बरामद नोटका अधिकांश नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशंकामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाइएको थियो ।

बैंकबाट गरिएको परीक्षणमा बरामद नोट नक्कली रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । उनका अनुसार नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं