काठमाडौं । एसियाली खेलकुदको क्रिकेटमा फाइनलमा पहिलोपटक शनिबार भारत र पाकिस्तान भिड्दैछ ।
यसैबीच, जापानको कोरोजी स्पोर्ट्स पार्कमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टसका क्रममा दुवै टोलीका कप्तानले एकअर्कासँग हात मिलाएनन् ।

यसअघि एसियाली खेलकुदमै भारतीय पुरुष हक्की टोलीले भने पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएको थियो ।
भारतीय पुरुष तथा महिला क्रिकेट खेलाडीहरूले पछिल्लो ६ वटा खेलहरूमा पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएका छैनन् ।
गत वर्ष भएको पहलगाम आक्रमणपछि उनीहरुले खेलका क्रममा हात मिलाएका छैनन् ।