Lite Nepal

शनिबार, आश्विन २४, २०८३

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विराटनगर महानगरमा युवा नेतृत्व पाएको छ । 

विराटनगरमा सङ्गठनात्मक नेतृत्वमा युवा नेतालाई जिम्मेवारी दिएपछि नेकपा विराटनगरका नेता कार्यकर्ता पनि उत्साहित भएका छन् । 

पार्टीको मोरङ जिल्ला कमिटीको बैठकले देवा यादवलाई महानगर इन्चार्ज र राजेन्द्र सुवेदीलाई महानगर संयोजकको जिम्मेवारी तोकेको हो । 

पोलिट व्यूरो सदस्यसमेत रहेका युवा नेता वसिम आलम विराटनगर महानगरको प्रमुख समन्वयकर्ता छन् । उनको समन्वयमा विराटनगरमा युवालाई नेतृत्वमा पुर्‍याउनुको साथै अबको निर्णय र पार्टीको भावी कार्यदिशा तय हुनेछन् । 

आलमसहित हाल नेतृत्वमा रहेका सबै युवा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पुगेका हुन् । 

इन्चार्ज यादव यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव निर्वाचित भएका थिए । उनी हाल पार्टीको कोशी प्रदेश सचिवालय सदस्यसमेत छन् । 

विराटनगर महानगर कमिटीको नेतृत्वमा युवा नेताहरूलाई जिम्मेवारी दिइएसँगै पार्टीभित्र नयाँ ऊर्जा थपिने नेता वसिम आलमले बताए । 

संगठन विस्तार, कार्यकर्ता परिचालन र महानगर स्तरमा पार्टीको राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वका लागि प्रमुख चुनौती रहे पनि समयको माग युवा नेतृत्व भएकाले सबैलाई समेटेर अघि बढ्ने इन्चार्ज यादवले बताए । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं