Lite Nepal

मंगलबार, कार्तिक ०४, २०८३

भोजपुर । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दशैं मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो ।

अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ । नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो ।

स्थानीय व्यवसायी हतुवागढी–९ कोप्चेका मिलन राईले कोप्चेबाट बराह क्षेत्रसम्मको भाडा रु ५०० तोकिएको जानकारी दिए । दक्षिणी भोजपुरका स्थानीय जेटबोट चढेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ ।

हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं