Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै दुःखमा परेका परिवारलाई साथ दिन र आफ्नो खुसी बाँड्न आग्रह गरेका छन्।

विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दशैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेको बताएका छन्।

यस्तो अवस्थामा चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नराखी पीडामा रहेका परिवारको दुःखमा साथ दिनुपर्ने उनको भनाइ छ। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन, खुसी बाँड्न र एकअर्काको सहारा बन्न उनले सबैलाई आग्रह गरेका छन्।

विजयादशमीको शुभकामना सन्देशमार्फत थापाले यस पर्वले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं