Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

लाहोर(पाकिस्तान) । अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ ।

राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मंगलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्यांक डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो । ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको थियो ।

पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए । उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं