Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

भक्तपुर । मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।

मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उहाँलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिँदै आएको अवस्थामा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तरता पाएको हो ।

राजा राय मल्ले नेपालसम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोस्रो रूपमा पुज्ने गरेको इतिहास रहेको बताउँदै उनले अबदेखि यस परम्पराले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

पमा नाइके श्यामकाजीले भने, “मध्यपुरथिमिमा करिब ६०/६२ वर्षपछि आज जीवित देवी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनुभयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सगुन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं