Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

इजेन्सी । जोर्डनको दक्षिणी प्रान्त काराकस्थित एक चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोली प्रहारमा परी ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार शुक्रवार भएको उक्त घटनामा हतियारधारी व्यक्तिहरूले चर्चभित्र गोली चलाएका थिए ।

निर्देशनालयका प्रवक्ताले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको जानकारी दिँदै घटनाबारे गहन अनुसन्धान भइरहेको बताएका छन् । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सामाजिक सञ्जाल एक्समार्फत घटनालाई ‘आतंकवादी आक्रमण’ को संज्ञा दिएका छन् ।

उनले यस घटनामा संलग्नलाई कडा जवाफ दिइने बताएका छन् । सरकारका सञ्चारमन्त्री मोहम्मद अल-मोमानीले पनि एक्समार्फत प्रधानमन्त्री जाफर हसनले घटनापछिको सरकारी प्रतिक्रिया तथा आवश्यक कदमको अनुगमन गर्न काराकमा बैठकको अध्यक्षता गर्ने जानकारी दिएका छन् । उनले घटनालाई जघन्य आतंकवादी अपराधको संज्ञा दिँदै सम्बन्धित निकायले आवश्यक कारबाही अघि बढाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं