Lite Nepal

सोमबार, कार्तिक ०९, २०८३

रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।

भूमे गाउँपालिका–३, झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। करिब एक वर्षदेखि उक्त चौकीमा कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए।

बाढीमा बेपत्ता भएलगत्तै परिवारले उनको खोजी जारी राखेको थियो। तर, दुई महिनासम्म पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन। लामो समयसम्म खोजी गर्दा पनि श्रेष्ठको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्तिम संस्कार गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं