Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरकफरक स्थानमा फेला परेको हो ।

सुनकोशीमा सुमोसँगै डुबेर बेपत्ता बनेका पुर्कुटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन् ।

पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोशी नदी र राईको शव आज सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित सप्तकोशी नदीमा फेला परेको हो ।

मृतकका परिवारले दुवै जनाको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् । काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो यही कात्तिक–१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो ।

सडकबाट करिब २०० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए । उनीहरूसँगै बेपत्ता बनेका मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन घर आएका यात्रु बोकेको सुमो दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं