Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारी पीडितहरूसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ।

साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल हुने छ।

अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं