Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।

समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) तथा २४ कात्तिकमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

उक्त प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ ।

टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम् खनाल र सचिन भट्टले अवसर पाएका छन् ।

आज उद्घाटनको दिन दुई खेल हुँदैछन् । मलेसिया र श्रीलंकाबीच तथा अफगानिस्तान र बंगलादेशबीच बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं