Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिने पोखरा एभेन्जर्स पहिलो टोली बनेको छ। प्रतियोगिताको आफ्नो छैटौं खेलमा पोखरा पाँचौ हार भोग्दै प्रतियोगिताबाट बाहिरियो। पोखरालाई हराएको विराटनगर किंग्सले भने छैटौं खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्यो।

खेलमा प्लेअफको झिनो आसा कायम राख्नपनि विराटनगरलाई हराउनु पर्ने दबाबमा पोखरा थियो। तर विराटनगर सँग ४ विकेटले पराजित भएसँगै पोखरा लगातार तेस्रो सिजन प्लेअफको सम्भावनाबाट बाहिरियो।

दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाइ जितका लागि १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा विराटनगरले उक्त लक्ष्य ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि लोकेश बमले ३३ रनको इनिङ खेल्दा वसिर अह्मदले ३७ रन बनाए। त्यस्तै शहन जयसूर्याले १७ रन बनाउँदा इसुरु उडानाले २५ रनको अविजित रन बनाए।

पोखराका लागि रमेश मेन्डिस र कुशल भुर्तेलले २-२ विकेट लिंदा विपिन खत्री र धन्नजय लक्ष्यनले १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा सन्दीप लामिछानेले कसीलो बलिङ सामु कमजोर योगफलमै समेटिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा समेटियो। पोखराका लागि युवराज शर्माले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८४ रन बनाउनु सर्वाधिक रह्यो। तर उनले अन्य खेलाडीबाट गतिलो साथ पाउन सकेनन्। थप दोहोरो स्कोरका रुपमा धन्नजय लक्ष्यमनले २२ रन बनाउँदा सनी विकैले १२ रन बनाए।

विराटनगरका लागि सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर महत्वपूर्ण ६ विकेट लिए। उनी बाहेक एन्जेलो म्याथ्युज, चरिथ आशलंका र रुपेश सिंहले १-१ विकेट लिए। अंक तालिकामा बराटनगरको ६ खेबलाट ६ अंक बनाउन सफल भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं