हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल र इन्टेलिजेन्स ब्यूरोको संयुक्त टोलीले शनिबार बा. प्र. ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले जनाएको छ ।

अटो भाग्न खोजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ७.६५ एमएम क्यालिवर भएको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

