Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गर्न गएको हप्ता अनुमति लिएको हो ।

सीआईबी स्रोतका अनुसार, बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो । पक्राउ अनुमति पाएको थाहा पाएलगत्तै बानियाँ भने फरार छन् । बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

पछिल्लो समय ठगी र संगठित अपराध कसुरमा सीआईबीले पूर्वमूख्यसचिव एकनाराणय अर्याललाई समेत पक्राउ गर्न अनुमति लिएको थियो ।

अर्याल हाल फरार छन् । नेपालबाट मलेसिया जाने श्रमिकहरूबाट कानुनविपरीत रकम असुली गरेको खुलेपछि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीहरूले कानुनविपरीतको नीतिगत निर्णयमार्फत एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँबराबरको विदेशी मुद्रा अपचलन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं