काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै वाग्मती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ ।