Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा आजको सुनुवाइ रोकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको थियो ।

सुनुवाइ सुरु भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी मनोज केसीले म्याद बुझ्न बाँकी रहेको जनाउ इजलासलाई दिएपछि सुनुवाइ रोकिएको हो ।

अब केसीलाई म्याद तामेल भएपछि मात्रै सुनुवाइ अघि बढ्नेछ । त्यसपछि मात्र केसीलाई आईजीपीमा रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्नेछ ।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले तिहारअघि रिट दिएका थिए ।

कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी रिटमा गरेका छन् ।

मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं