Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ तोलाको तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं