Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयानुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । बैंककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो ।

बैंकक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैंककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बंगचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

दैनिक एक लाख २० हजार ब्यारेल प्रशोधन क्षमता रहेको त्यो थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो । सहरी क्षेत्रमा अवस्थित यो देशकै एक मात्र प्रमुख प्रशोधन केन्द्र रहेको जनाइएको छ ।

सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो । त्यस घटनाले नजिकैको आवासीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो । रासस/एपी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं