काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

त्यस्तै, सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।