Lite Nepal

आइतबार, साउन ३२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलिबिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।

खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य विषयमा पनि छलफल हुन्छ ।’

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

यसअघि नेकपाको सचिवालय बैठक साउन ३ गते बसेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं