जापान । २०औं एसियन गेम्सको उद्घाटन भएको छ । शनिबार जापानको आइची नागोयामा मिजोहु स्टेडियममा उद्घाटन भएको हाे ।
जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए ।

जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो । अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन गेम्सको उद्घाटन समारोह सकिएको थियो ।
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्यसँगै संगितकार तारो हाकासीले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा जापानका एम्पेरर नारुहितो, एम्प्रेस मासाको, प्रिन्स अकिसिनो, २०औं एसियन गेम्स आयोजक कमिटीका अध्यक्ष ओहमुरा हिदेइकी, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिएका) शेख बिन जोअन बिन हमाद अल थानी लगायतको उपस्थिति थियो ।
सहभागी ४५ वटै राष्ट्र र रिफ्युजी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहमा सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।
२०औं एसियन गेम्समा एसियाका ४५ राष्ट्र र रिफ्युजी टोलीका गरी ११ हजार भन्दा बढी खेलाडीको सहभागिता छ ।
उद्घाटन समारोहमा मार्चपासमा बक्सिङका चन्द्र बहादुर थापा मगर र महिला कबड्डी टिमकी कप्तान मानमती विष्टले नेपालको झण्डा बोकेका थिए ।