Lite Nepal

शनिबार, पुष १२, २०८२

काठमाडाैं । राप्रपाले आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ। राजा, राजनीतिक दल र जेनजीकाबिच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बिचमा छिट्टै हुने समेत बताउँछन् ।

तुलनात्मक रूपमा राप्रपाको बलियो सङ्गठन भएको झापामा हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन् ।

बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्नेछन्।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा