Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउँदैछन्।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो।

साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ।

दशैंमा परिवार तथा आफन्तजन भेला भई टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन घर फर्किने भएकाले यो पर्व पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरका रूपमा मनाइन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं