Lite Nepal

आइतबार, पुष १३, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं ।’ उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौं । कार्यशैली सुधार गरौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनको फेसबुक स्टाटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् । आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताउनुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं