Lite Nepal

मंगलबार, पुष १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै आफूले पूर्णबहादुरलाई नै समर्थन गर्ने बताए ।

‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि भन्ने गरेकै छु । उपसभापति हो । अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ,’ देउवाले भने ।

देउवाले विधानअनुसार आफू अब सभापतिको उम्मेदवार बन्न नमिल्ने स्पष्ट गर्दै आगामी नेतृत्वले सल्लाह माग्दा दिने बताए ।

‘हाम्रोमा तीन पटक सभापति हुन मिल्दैन भनेर विधानमै उल्लेख गरेको छ । म हुँदिनँ पनि । पार्टीको चिन्ता धेरै लाग्छ नि, लागेर के गर्नु ?’ उनले भने, ‘पछि पनि सभापति हुनेले सल्लाह लिन चाहे भने सल्लाह दिन्छु । सल्लाह नचाहिए दिने कुरा भएन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं