Lite Nepal

शुक्रबार, पुष १८, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा क्षेत्रमा केबलकार बन्न नहुने माग राख्दै यस अघि आन्दोलन गरेका समूहले पुन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

शुक्रवार ताप्लेजुङको फुङलिङमा र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलन गर्दै ‘नो केबलकार’ समूहले आन्दोलनको घोषणा गरेका हुन् ।

केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केबलकार खारेजीको निर्णय नै सहमतिको अन्तिम विकल्प भएको दोहोर्‍याए ।

उनले आन्दोलनरत घटकका कसैले स्थान यताउता गरेर बनाउने विषय राखेको भए त्यो व्यक्तिगत विचार भएको, तर संस्थागत विचार भनेको केबलकार खारेजी नै रहेको उनको अडान थियो ।

केबलकार निर्माणको विरोध गरिरहेका महेन्द्र लावती र केबलकार निर्माण कम्पनी पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा परेको विषयमा पत्रकारले आन्दोलनरत पक्षको प्रतिक्रिया मागेका थिए ।

यसको जवाफ दिँदै उज्यालो नेपाल पार्टीमा आबद्ध कीर्तिमान मादेनले आफूहरूले यो विषयमा केन्द्रमा कुरा गरिरहेको बताए ।

आन्दोलनरत समूहले पत्रकार सम्मेलनबाटै आन्दोलनको सुरुवात भएको र अन्य पुस र माघ भर विभिन्न कार्यक्रम राखिएको जनाएको छ ।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा