Lite Nepal

आइतबार, माघ ११, २०८२

काठमाडौं । पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै निलम्बन गरिएका एमाले ताप्लेजुङका दुई नेताको निलम्बन फुकुवा भएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष, कोशी प्रदेश सभाका पूर्व सदस्य तथा मन्त्री एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर पोमूको निलम्बन फुकुवा गरेको हो ।

प्रदेश कमिटीले गत मंसिर ११ गते पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै दुवै जनालाई निलम्बन गरेको थियो ।

१५ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएअनुसार दुवै नेताले आत्मआलोचनासहित चित्तबुझ्दो स्पष्टिकरण बुझाएको प्रदेश कमिटीको ठहर छ ।

सोही आधारमा गत पुस ९ गतेदेखि लागू हुने गरी दुवै नेताको निलम्बन फुकुवा गरिएको पत्र पठाइएको छ । तर उक्त पत्र माघ १० गते मात्र मणिशंकर पोमूको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

अर्का नेता बलबहादुर साम्सोहाङले भने आफू हाल सामाजिक सञ्जालबाट टाढा रहेकाले पत्र सार्वजनिक भएको विषयमा जानकारी नभएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं