Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले मुद्दामा पाँच दिनको म्याद थप गर्ने अनुमति प्रदान गर्दै उपचार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको हो। अदालतले प्रतिवादी अस्वस्थ रहेको र हाल अस्पतालमा उपचाररत अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न आदेश जारी गरेको जनाएको छ।

अदालतमा पेश गरिएका विवरणअनुसार पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओली अस्पताल भर्ना भएका थिए। सोही कारण उनले इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भई बयान दिएका थिए।

ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा