Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको हिरासत म्याद थप भएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचाररत अवस्थामै अस्पतालमा राखिने भएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाइने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार नियन्त्रणमा लिइएका लेखकलाई प्रारम्भदेखि नै सोही गणमा राखिएको थियो र आगामी दिनमा पनि त्यहीँबाट बयान तथा अनुसन्धान प्रक्रिया सञ्चालन गरिनेछ। सामान्यतया अनुसन्धानको जिम्मेवारी रहेको प्रहरी कार्यालयमै हिरासत व्यवस्थापन गर्ने प्रचलन रहे पनि विशेष परिस्थितिमा वैकल्पिक स्थान प्रयोग गरिने गरिएको छ।

उच्च पदमा रहेकाले सुरक्षा संवेदनशीलता बढ्ने र परिसर काठमाडौँ (भद्रकाली) मा भेटघाटका लागि आउने व्यक्तिहरूको चाप तथा दैनिक कार्यव्यस्तताले सुरक्षा व्यवस्थापनमा चुनौती उत्पन्न हुन सक्ने कारण देखाउँदै लेखकलाई २ नम्बर गणमा राखिएको जनाइएको छ।

यसैबीच, स्वास्थ्य अवस्थाका कारण यसअघि नै अस्पताल भर्ना गरिएका ओलीलाई सोही स्थानबाटै उपचार जारी राख्दै अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं