काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
साम्पाङले टिकटकमा सुनिता खड्का नामक प्रयोगकर्ताबाट धम्की आएको दाबी गर्दै उनलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफ्ना परिवार तथा घरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। उजुरीमा साम्पाङले भिडिओ र फोटो प्रमाण स्वरूप उपलब्ध गराएको जानकारीसमेत उल्लेख गरेका छन्।
सोमबार बिहान उनले उक्त टिकटक आईडीको स्क्रिनसटसँगै उजुरी पेश गरेका थिए।
