Lite Nepal

मंगलबार, चैत्र १७, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्याल सहितको टोलीसँग सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा सीमा क्षेत्रको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन गस्ती गतिविधि सुदृढ गर्ने विषयमा निर्देशन दिइएको छ। सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ आवश्यक रहेको उनले औँल्याएका छन्।

बैठकमा प्राकृतिक विपद् व्यवस्थापनका लागि आवश्यक तयारी, सम्भावित जोखिम न्यूनीकरणका उपाय, स्रोत परिचालन तथा सम्बन्धित निकायबीच समन्वयका विषयमा पनि विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री गुरुङले सुरक्षाकर्मीलाई यसतर्फ थप सक्रिय हुन निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं