Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोरटसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं